Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुग्यो

बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुग्यो


ढाका । बंगलादेशको उत्तरी क्षेत्रमा आइतबार डुंगा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । डुंगा दुर्घटनामा ३० देखि ४० जना अझै बेपत्ता रहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

प्रहरी निरिक्षक सिराजुल हुडाका अनुसार राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा बंगलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा सोमबार थप सात जनाको शव फेला परेको छ । अधिकारीका अनुसार करिब १०० जना यात्रु बोकेको डुंगा आइतबार दिउँसो डुबेको थियो ।

सोमबार दिउँसो सिन्ह्वासँग फोनमार्फत जानकारी दिँदै प्रहरी अधिकारीले भने, ‘सोमबार बिहान थप सात जनाको शव फेला परेको छ । यससँगै आइतबार २५ जनाको मृत्यु भएकोमा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । अझै हराइरहेका ३० देखि ४० जनाको खोजी कार्य जारी छ’, उनले भने ।

डुंगालाई तानेर किनारमा लगिएको छ । ती प्रहरी अधिकारीका अनुसार उद्धारकर्ताहरूले नदीको पानीको वहाव र पानीको कडा बहाववीच उद्धार कार्य जारी राखिरहेका छन् । प्रहरीका अनुसार डुंगामा क्षमताचन्दा अत्यधिक भार भएका कारण डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सयौँ नदीले घेरिएको बंगलादेशमा डुंगा दुर्घटनालाई सामान्य घटनाका रूपमा लिने गरिन्छ । यद्यपि, अझै पनि दक्षिण एसियाली यस मुलुकमा डुंगा यातायातको एक प्रमुख साधन हो र तिनीहरूमध्ये अधिकांश प्रायः अत्यधिक भारसहित चलाइने गरिन्छ । रासस/सिन्ह्वा 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया