इरान भन्छ– अमेरिकी प्रतिबन्धले नागरिकको स्वास्थ्यमा असर ग-यो
तेहरान । संयुक्त राज्य अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धका कारण सबै इरानी नागरिकको जीबिकोपार्जन, रोजगारी र स्वास्थ्यमा असर परेको इरानले दाबी गरेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले वासिङ्टनले लगाएको अन्धाधुन्ध प्रतिबन्धका कारण इरानी अधिकारी र सर्बसाधारण व्यक्तिहरूसमेत निशानामा परेको र यसले उनीहरूको जीविकोपार्जन, रोजगारी र स्वास्थ्यमा असर पारेको बताएका छन् । कनानीले इन्स्टाग्राममार्फत गरेको सन्देशमा लेखेका छन्, ‘हरेक दिन एउटा बहानामा इरानविरुद्ध प्रतिबन्धको नयाँ सूची जारी गरिन्छ । यस पटक इरानी गृहमन्त्री, सञ्चारमन्त्री र अन्य पाँच इरानी अधिकारीलाई अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छ ।’ एपिडर्मोलिसिस बुलोसा (ईबी) बाट पीडित बालबालिकालाई समेत ‘एकपक्षीय, गैर–कानूनी, अन्यायपूर्ण प्रतिबन्धहरू’ बाट छुट दिइएको छैन ।
बिहीबार अमेरिकी वित्त विभागले राजधानी तेहरानमा प्रहरी हिरासतमा एक युवतीको मृत्यु पछि ‘विरोध प्रदर्शनलाई दबाएको’ भन्दै इरानका आन्तरिक तथा सञ्चार मन्त्रीहरू क्रमशः अहमद वाहिदी र इसा जारेपोर तथा अन्य पाँच इरानी सुरक्षा अधिकारीहरूविरुद्ध नयाँ प्रतिबन्धहरू जारी गरेको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया