सन् २०२२ मा मध्य भूमध्यसागरीय मार्गमा ५२५ आप्रवासीको मृत्यु
ट्रिपोली । सन् २०२२ मा कुल २४ हजार छ सय ८४ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको र लिबियाको तटीय क्षेत्र, मध्य भूमध्यसागरीय मार्गमा पाँच सय २५ आप्रवासीको मृत्यु भएको छ । उक्त अवधिमा आठ ४८ जना बेपत्ता भएको आईओएमले जनाएको छ ।
सिन्ह्वाका अनुसार अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले गत साता एक हजार ८८ आप्रवासीलाई उद्धार गरी लिबियातर्फ फर्काइएको जनाएको छ । ‘सन् २०२२ को डिसेम्बर २५ देखि ३१ सम्मको अवधिमा एक हजार ८८ आप्रवासीलाई रोकेर लिबिया फर्काइएको छ’, आईओएमले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उद्धार गरिएका आप्रवासीमा एक हजार दुई सय ४१ महिला र सात सय ७६ बालबालिका रहेका छन् । सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा असुरक्षा र अराजकताका कारण धेरै आप्रवासीहरू, अधिकांश अफ्रिकीहरूले भूमध्यसागर पार गरेर लिबियाबाट युरोपेली किनारातिर जाने गरेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया