मध्यआकाशमा विमानभित्रै पिसाब फेर्नेलाई ४० लाख जरिवाना
नयाँ दिल्ल । भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एक जना यात्रीले ७२ वर्षीया महिलामाथि मध्यआकाशमा पिसाब फेरेको घटनालाई लिएर एयर इन्डियालाई करिब ४० लाख जरिवाना गराएको छ ।
गत नोभेम्बर २६ मा न्युयोर्कबाट एयर इन्डियाको विमानमा नयाँदिल्ली आउँदा अमेरिकी ब्यांकर भारतीय नागरिक शंकर मिश्राले महिलामाथि गरेको दुर्व्यवहारविरुद्ध एयर इन्डियाले कारबाही नगरेकाले नागरिक उड्डयन प्राधिकरणले उक्त जरिवाना गरएको हो । नयाँदिल्ली विमानस्थलमा सामान्य यात्रुलाई झैँ अभियुक्त मिश्रालाई विनाकारबाही प्रस्थान गर्न दिइएकामा आपत्ति जनाउँदै एयर इन्डियाका उड्डयन प्रबन्धकलाई भारु तीन लाख बेग्लै जरिवाना गराइएको छ ।
त्यसैगरी उक्त विमानका एकजना चालकलाई तीन महिनासम्म उडानमा प्रतिबन्ध लगाइएको छ । मिश्राबाट भएको उक्त निन्दनीय कार्यको भारतका साथै विश्वव्यापी रुपमा चर्को आलोचना भएको थियो । रासस/एएफपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया