टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
इस्तानबुल । सोमबार बिहानै गएको भूकम्पले टर्की र सिरियामा विध्वंस मच्चाएको छ । ग्याजियान्टेप सहर केन्द्रविन्दु भएको ७.८ म्याग्निच्युटको भूकम्पले ठूलो जनधनको क्षति गरेको हो ।
सोमबार राति १०ः०५ बजेसम्म भूकम्पमा ज्यान गुमाउनेको संख्या दुई हजार तीन सय नाघेको बीबीसीले जनाएको छ । सिरिया र टर्कीको सीमानजिकै ग्याजियान्टेपमा भूकम्प गए पनि इजरायल, साइप्रससम्म धक्का महशुस गरिएको थियो । सोमबार बिहानै ७.८ म्याग्निच्युटको गएकोमा स्थानीय समयअनुसार फेरि दिउँसो साढे १ः०० बजे अर्को भूकम्प गएको थियो ।
पहिलो भूकम्पले टर्कीमा मात्रै एक हजार पाँच सय जनाको मृत्यु भएको थियो । टर्कीको प्रकोप संस्थाका अनुसार त्यसमा पाँच हजार तीन सयभन्दा बढी घाइते भएका छन् । त्यस्तै सिरियाली अधिकारीहरुले पनि भूकम्पमा परी आठ सय १० जनाको मृत्यु र दुई हजारभन्दा बढी मानिस घाइते भएको बताएका छन् । अहिले दुवै प्रभावित देशमा उद्धारको काम भइरहेको छ । धेरै मानिसहरु भत्केका भवनमा फसेको बताइएको छ । सयौँ भवनहरु भत्किएका छन् । भूकम्पको दशौँ लाख मानिसले महशुस गरेको बताइएको छ ।
उद्धारमा विश्वको सहयोग
यसैबीच, टर्की र सिरियामा ठूलो जनधन क्षति पु-याउने गरी भएको भूकम्पमा प्रभावितका लागि विश्व समुदायले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अवस्थाबारे जानकार रहेको र आवश्यक सरसहयोगको लागि तयार रहेको बताएका छन् । यता रुसको आक्रमण झेलिरहेको युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि आवश्यक सहयोगका लागि तयार रहेको बताएका छन् । उनीहरुले टर्कीका राष्ट्रपति रिसेप एर्डोगानलाई सहयोग गर्ने बताएका हुन् । टर्कीमा मात्रै कम्तीमा १५ सय जनाको मृत्यु भएको पुष्टि एर्डोगानले गरिएकेका छन् ।
यता युरोपेली संघले पनि संकट प्रतिक्रियाका लागि छलफल गरिरहेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघले न्युयोर्कमा भएको बैठकमा दुःख व्यक्त गरेको छ । उता इजरायलले टर्की र सिरियामा मद्दतको लागि तयार रहेको बताएको छ । उसले खोजी, उद्धार र मेडिकल टोली पठाउने बताएको छ । त्यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि टर्की र सिरिया दुवै देशमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसबाहेक बेलायत, जर्मनी, भारतलगायतका देशबाट पनि प्रभावितका लागि सहयोगको प्रतिबद्धता आएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया