टर्कीको चालूू खाता घाटा जनवरीमा झण्डै ९.८५ अर्ब अमेरिकी डलर पुग्यो
अंकारा । टर्कीको केन्द्रीय बैंकले सोमबार सुनको आयातमा तीव्र वृद्धि र ऊर्जा आयात बिलहरू बढ्दै गएपछि जनवरीमा देशको चालू खाता घाटा झण्डै ९.८५ अर्ब अमेरिकी डलर पुगेको जनाएको छ । केन्द्रीय बैंकको तथ्यांकले सुन र ऊर्जाबाहेक चालू खातामा जनवरीमा दुई अर्ब छ करोड डलर खुद बचत रहेको पनि देखाएको छ ।
चालू खाता मौज्दात हुने वस्तुहरूमध्ये वस्तुको वैदेशिक व्यापारमा १२ अर्ब ४३ करोड डलरको घाटा रहेको छ भने सेवातर्फ तीन अर्ब १६ करोड डलरको खुद बचत छ । सेवा व्यापारअन्तर्गत ट्राभल वस्तुले २.४५ अर्ब डलरको बचत रहेको देखाएको छ । आधिकारिक तथ्यांकअनुसार जनवरीमा चालू खाता घाटाले मार्च २०११ को कीर्तिमान ९.४१ अर्ब डलर घाटालाई पनि उछिनेको छ ।
यसैबीच टर्कीको १२ महिनाको रोलिङ घाटा जनवरीमा ५१.७ अर्ब डलर पुगेको छ जुन सन् २०१४ को फेब्रुअरी यताकै उच्च हो । टर्की सरकारले बढ्दो मुद्रास्फीति र स्थानीय मुद्राको मूल्यह्रासको बाबजुद उच्च निर्यात र कम ब्याज दरहरूमार्फत चालू खाता अधिशेषलाई पछ्याउने आर्थिक मोडेलको अभ्यास गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया