अध्ययन भन्छ : सन् २०२२ मा विश्वमा आणविक हतियारको भण्डार बढ्यो
ओस्लो । युक्रेनमा जारी युद्धपछि आणविक तनाव बढ्दै गएपछि बुधबार सार्वजनिक भएको एक नयाँ प्रतिवेदनले सन् २०२२ मा रूस र चीनद्वारा सञ्चालित आणविक हतियारको संख्यामा वृद्धि भएको जनाएको छ ।
नर्वेली जनताका लागि सहयोग (एनपीए) नामक गैरसरकारी संस्थाद्वारा प्रकाशित आणविक हतियार प्रतिबन्ध अनुगमनको रिपोर्ट अनुसार सन् २०२३ मा नौ वटा आधिकारिक र अनौपचारिक आणविक शक्ति सम्पन्न मुलुकसँग नौ हजार पाँच सय ७६ वटा तयारी हतियार रहेका छन् । ती हतियारमा एक हजार तीन सय ५० भन्दा बढी हिरोशिमा आक्रमण भएका बम बराबरका ‘सामूहिक विनाशकारी ऊर्जाशक्ति’ रहेको प्रतिवेदनमा उल्लेख छ । रूसले युक्रेनमाथिको आक्रमण र पूर्वी युरोपेली मुलुकलाई पश्चिमी सैन्य सहायताको सम्बन्धमा बारम्बार आणविक खतरा उठाएको बेला यो तथ्यांक प्रकाशित गरिएको हो । शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारूसमा ‘रणनीतिक आणविक हतियार तैनाथ गर्न’ मिन्स्कसँग सहमत भएको घोषणा गर्नुभएको थियो । गत वर्ष प्रयोगका लागि तयार पारिएको विश्वव्यापी आणविक भण्डारमा थप १३६ वटा ‘वारहेड’को श्रेय पाँच हजार ८८९ वारहेड भएको विश्वको सबैभन्दा ठूलो शस्त्रागार रूस तथा चीन, भारत, उत्तर कोरिया र पाकिस्तानलाई दिइएको थियो ।
‘यो वृद्धि चिन्ताको विषय हो र सन् २०१७ देखि सुरु भएको यो प्रवृत्तिलाई निरन्तरता दिइरहेको छ’, आणविक हतियार प्रतिबन्ध निरक्षिणकासम्पादक ग्रेटे लाउग्लो ओस्टर्नले एक विज्ञप्तिमा भनेका छन् ।
यसैबीच विश्वमा सेवाबाट हटाइएकासहित आणविक हतियारको कुल भण्डार घट्दै गइरहेको छ । गत वर्ष, रूस र संयुक्त राज्य अमेरिकामा पुराना ‘वारहेड’हरूको नस्ट गरिएका कारण आणविक हतियारहरूको संख्या १२ हजार सात सय पाँचबाट घटेर १२ हजार पाँच सय १२ मा झरेको छ ।
नयाँ वारहेडहरू थप्ने क्रम नरोकिएसम्म विश्वमा आणविक हतियारहरूको कुल संख्या पनि चाँडै शीत युद्धपछि पहिलो पटक फेरि बढ्न तर ओस्टर्नले बताए । आधिकारिकरूपमा आठ आणविक शक्ति राष्ट्रहरू संयुक्त राज्य अमेरिका, रूस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान र उत्तर कोरिया हुन् भने इजरायलसँग अनौपचारिक रूपमा आणविक हतियार रहेको अनुमान छ । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया