Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदिल्लीमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमण भेटिएन

दिल्लीमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमण भेटिएन


नयाँ दिल्ली, चैत १२
भारतीय राजधानी दिल्लीमा विगत २४ घण्टामा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि नभएको यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताएका छन् । ‘विगत २४ घण्टामा दिल्लीमा कोभिड–१९ को नयाँ संक्रमण भेटिएको छैन भने पाँच जना संक्रमित विरामी उपचारपछि निको भएका छन् । यद्यपि यो समय खुसी भइहाल्ने अवस्था भने होइन’, मुख्यमन्त्री केजरीवालले आफ्नो ट्वीटर सन्देशमा भने, ‘अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिनु रहेको छ । यसका लागि सरकारले सबै नागरिकको सहयोगको अपेक्षा गरेको छ ।’

दिल्लीमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति एकपछि अर्को गर्दै बढ्न थालेपछि राज्य सरकार तथा केन्द्र सरकारको निर्देशनमा आइतबारदेखि अति आवश्यक सेवाका लागि बाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । सरकारले यसलाई नागरिकद्वारा आफ्नो सुरक्षाका लागि पालना गर्ने निषेधाज्ञा (जनता कर्फ्यु)को सज्ञा दिएको छ । भारतमा मंगलबारसम्म ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा मङ्गलबारसम्म संक्रमित नौ जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया