Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारन्युयोर्कबाट आएकालाई यात्रामा प्रतिबन्ध

न्युयोर्कबाट आएकालाई यात्रामा प्रतिबन्ध


एजेन्सी ,अमेरीका १६

अमेरिकाको न्युयोर्कबाट आएका व्यक्तिलाइ विभिन्न राज्यमा हिँड्डुल गर्न प्रतिबन्ध लगाइएको छ । अमेरिकाको टेक्सास, फ्लोरिडा, मेरिल्याण्ड र साउथ क्यार्रो्लिना राज्यमा यस्तो व्यवस्था गरिएको हो । ती राज्यहरुले न्युयोर्कबाट आएकालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्न पनि आग्रह गरिएको छ । अमेरिकामा कोरोना भाइरसको केन्द्र जस्तै बनेको न्युयोर्कसँगै न्युजर्सी र सँगै जोडिएका अन्य ठाउबाट आएकालाई पनि घरमै बस्न आग्रह गरिएको अधिकारीहरुले बताएका छन् । यसरी हिँड्डुल गर्न प्रतिबन्ध लगाउने राज्य सरकारको निर्णयलाई कतिपयले भने सविधान विपरीत भएको टिप्पणी गरेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिएका देशमा लकडाउन घोषणा गरिए पनि अमेरिकाले भने लकडाउनको निर्णय नगरेको तर केही राज्यले सेल्फक्वारेन्टाइनमा बस्न लगाउने व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरुको रेखदेख र विवरण संकलन सरकारी अधिकारीहरुले गरिरहेको प्रहरीले जनाएको छ । उनीहरुको अनुसार कतिपय यात्रुहरुले स्वघोषणा गरेर सेल्फक्वारेन्टाइनमा बसेका छन भने,कतिपयलाई आग्रह गर्नुपरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया