Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदराष्ट्रिय ह्विलचियर बास्केट बल च्याम्पियनसिपको उपाधि एपीएफ र सुदूरपश्चिमलाई

राष्ट्रिय ह्विलचियर बास्केट बल च्याम्पियनसिपको उपाधि एपीएफ र सुदूरपश्चिमलाई


कास्की । विकास सिल्ड राष्ट्रिय ह्विलचियर बास्केट बल च्याम्पियनसिप नेपाल–२०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदूरपश्चिम प्रदेशले हात पारेका छन् ।

सुन्दर ढोका साथी सेवाको मुख्य प्रायोजनमा आयोजनामा भएको प्रतियोगिताको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २९–२८ अंकले पराजित गर्दै उपाधि उचालेको हो । त्यस्तै, त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै, बागमतीले लुम्बिनीलाई २७–६ अंकले पराजित गर्दै तेस्रो स्थान पक्का गरेको छ । त्यसैगरी महिलातर्फ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ८–४ अंकले पराजित गर्दै उपाधि उचालेको हो । त्यस्तै, लुम्बिनी उपविजेता बनेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया