Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाललिगेशको हातमा पुनः अवार्ड

लिगेशको हातमा पुनः अवार्ड


काठमाडौं, मंसिर २७
कलात्मक सीप र शैलीका धनीहरू कहिल्यै पछाडि फर्केर हेर्नु पर्दैन भन्ने उक्तिलाई चरितार्थ पार्दै नृत्य निर्देशकीय छविलाई उत्कृष्टतातर्फ अगाडि बढाउँदै छन् लिगेश भट्टराई । नृत्य निर्देशकको भीडमा उत्कृष्ट नृत्य निर्देशकको रूपमा प्रख्यात उनको लोकप्रियता निरन्तर उकालो लागिरहेको छ । नेपाली चलचित्र गीत र थुपै्र म्युजिक भिडियोको नृत्य निर्देशन गरिसकेका उनले विभिन्न सम्मान तथा अवार्ड समेत प्राप्त गर्दै आएका छन् ।

नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड–२०१७ मा चलचित्र ‘सुब्बा साब’बाट सर्वोत्कृष्ट नृत्य निर्देशक (कोरियोग्राफर) को अवार्ड जितेका उनले नेशनल एपिक म्युजिक अवार्ड–२०७५ मा ‘मायामा सानु’ बोलको गीतबाट सर्वोत्कृष्ट नृत्य निर्देशकको अवार्ड पनि जित्न सफल भएका छन् । सम्मान र अवार्डका लागि आफूले कहिल्यै काम नगरेको तर आफ्नो कामलाई उत्कृष्टता दिन कुनै कसुर नछोड्ने उनको लगन, मेहनत र सिर्जनशीलताले उनलाई अब्बल नृत्य निर्देशक रूपमा परिचित गराएको छ । गीतको भाव र म्युजिकको लयअनुरूप पात्रहरूलाई अभिनय गराउन सक्नु उनको खुबी हो ।

नेपाली चलचित्र र म्युजिक भिडियो निर्माणको लागि पहिलो रोजाई बनेका लिगेशको जन्म दुर्गम पहाडि जिल्ला प्युठानमा विसं २०४७ सालमा भएको हो । सानैदेखि नृत्यको प्रशिक्षण समेत लिए । नृत्य प्रशिक्षार्थीबाट प्रशिक्षक हुँदै हाल लोकप्रिय नृत्य निर्देशकको रूपमा स्थापित उनले सयौँको संख्यामा म्युजिक भिडियो र दर्जनौँ चलचित्रमा उत्कृष्ट नृत्य निर्देशकीय क्षमता प्रस्तुत गरिसकेका छन् । नृत्य निर्देशनका अलवा नेपाली नृत्यको विकाश र प्रवर्द्धनका क्षेत्रमा समेत उनी कृयाशील छन् ।

हाल नेपाल चलचित्र नृत्यकार संघको महासचिवको रूपमा सकृय रही चलचित्रमा नृत्यको आवश्यकता र नृत्यमा विविधता ल्याउने विषयमा केन्द्रित रही काम गर्दै आइरहेका छन् । नेपाली नृत्यलाई अन्तर्राष्ट्रियकरण गर्दै लाने र नृत्य आदानप्रदान कार्यक्रमहरू सञ्चालन गर्दै अघि बढ्ने उनेको लक्ष्य रहेको छ । त्यसका लागि उनले प्रवासी नेपालीहरू र केही विदेशी नृत्यकारहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रकृयाको थालनी समेत गरिसकेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया