Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोरोनाको संक्रमणले विदेशमा थप १३ नेपालीको मृत्यु

कोरोनाको संक्रमणले विदेशमा थप १३ नेपालीको मृत्यु


काठमाडौं, असार २२
कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यूएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना नेपालीको निधन भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा संख्या १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको हो ।

हालसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमानलगायत देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्युन हुदै गइरहेको छ । समितिका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार नौ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार दुई सय २६ जना गैरआवासीय नेपाली कोरोनामुक्त भएका छन् । एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१८ हजार दुई सय ९३ जनाको उद्धार : यसैबीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीहरुको उद्धारको काम तीव्रता दिइएको छ । एनआरएनए र विदेशस्थित नेपाली कूटनीति नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार दुई सय ९३ जनाको उद्धार गरेको जनाएको छ ।

अफगानिस्तान, अष्ट्रिेलया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, यूएई, साृदी अरब, सिंगापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपालीहरु नेपाल फर्किका छन् । यसैबीच विदेशमा निधन भएका नेपालीको तीन सय ५२ शव मध्य एक सय १५ जनाको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ भने बाँकी एक सय पाँच शवको व्यवस्थापनको काम बाँकी रहेको छ । ती शवमध्ये एक सय ३२ जना नेपालीहरुको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया