Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखामा असोज ७ गतेबाट विद्यालयमै पठनपाठन सुचारु हुने

दोलखामा असोज ७ गतेबाट विद्यालयमै पठनपाठन सुचारु हुने


सुबास बस्नेत
दोलखा, भदौ ३१
कोरोना भाइरस रोकथामको लागि सरकारले जारी गरेको लकडाउन र त्यसपछिको निषेधाज्ञाले चैतदेखि ठप्प बनेको शैक्षिक क्षेत्र दोलखामा सुचारू गर्ने निर्णय गरिएको छ । जिल्लामा विगत ६ महिनादेखि बन्द रहेका सम्पूर्ण विद्यालयमा आगामी असोज ७ गतेबाट पठनपाठन सुरु गरिने भएको हो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर आधारभूत र माध्यामिक तहको पठनपाठन सुचारु गर्ने निर्णय भएको छ ।

स्थानीय तहका जनप्रतिनिधिसहित मंगलबार बसेको जिल्ला शिक्षा समन्वय समितिको बैठकले स्वास्थ्य सुरक्षा मापदण्डसहित कार्ययोजना बनाएर आधारभूत र मावि तहको कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्ला शिक्षा समन्वय एकाइ संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेका अनुसार आधारभूत तहका विद्यार्थीलाई सिकाइ केन्द्रको रूपमा टोलटोलमै पुगेर शिक्षकहरूबाट पठनपाठन गराइनेछ ।

यसैगरी ६ देखि १० कक्षासम्मका लागि भने विद्यालयमै कक्षा सञ्चालन हुनेछ । कक्षा सञ्चालन गर्न कोरोना रोकथामका उपाय तथा स्वास्थ्य सामग्री मास्क, स्यानिटाइजरसहित स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्नुपर्ने बैठकले निर्णय गरेको छ । बढी विद्यार्थी संख्या भएका विद्यालय र कक्षाको हकमा रोलनम्बरअनुसार जोरबिजोर प्रणालीअनुसार विद्यार्थीलाई कक्षामा सहभागी गराइनेछ । दोलखाका केही स्थानीय तहले यसअघि नै विद्यालय खोल्ने निर्णय गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया