मुक्लीमा प्रहरीको आफ्नै भवन निर्माण हुने
महेन्द्र शाही
सोलुखुम्बु, पुस २०
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका केन्द्र मुक्लीमा प्रहरी चौकी भवन निर्माण हुने भएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यलय ओखलढुङ्गाको आर्थिक सहयोगमा निर्माण हुने उक्त भवनको शुक्रबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । एक करोड ४७ लाख तीन सय ८९ रुपैयाँको लागतमा २०७७ साल असार ६ गते सम्पन्न गरिसक्ने गरी पुष्पाञ्जली पीएसजेभी बाँकेले भवनको निर्माणको जिम्मा पाएको छ । शिलान्यास कार्यक्रममा बोल्दै निर्माण कम्पनीका प्रतिनिधि दिपक किराँतीले तोकिएकै समयमा भवन निर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गरे । गुणस्तर कायम गर्नु आफूहरुको पनि दायित्व भएकाले त्यसमा कुनैपनि कमी नआउने उनको भनाइ छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईले प्रहरी चौकी भवन निर्माणका लागि लामो समयको प्रयास सफल भएको बताए । जसको लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भवन डिभिजनबाट समेत सहयोग प्राप्त भएको भन्दै खुसी व्यक्त गरे । जनताको सेवामा समर्पित हुने प्रहरीलाई सुविधासम्पन्न भवनमा राख्नु गाउँपालिकाको समेत दायित्व भएको भन्दै उनले तोकिएको समयमा निर्माण सम्पन्न गर्ने सवालमा गाउँपालिकाले जस्तोसुकै पनि सहयोग गर्न तयार रहेको जानकारी दिए ।
हरेक विकासमा थुलुङ दूधकोशी गाउँपालिका पहिलो भएको दाबी गर्दै समृद्ध गाउँपालिका निर्माणको अभियानमा सबैको सहयोग प्राप्त भइरहेकाले सोहीअनुसार काम गरिरहेको अध्यक्ष राईले दाबी गरे । राज्य पुनर्संरचना हुँदा सोलुखुम्बुको लिखुपिके, खुम्बुपासाङल्हामु, महाकुलुङ र थुलुङ दूधकोशी गाउँपालिका केन्द्रमा प्रहरी चौकी थिएन । प्रहरी चौकी स्थापना गर्ने र जग्गा व्यवस्थापन गरी भवन निर्माण गर्नेमा चार गाउँपालिकामध्ये थुलुङ दूधकोशी पहिलो भएको भन्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख नारायणप्रसाद चिमोरियाले प्रशंसा गरे ।
उनले प्रहरी सेवा निःशुल्क भएकाले कसैलाई पनि चिन्न आवश्यक नभएको भन्दै निर्धक्क भएर सेवा लिन आग्रह समेत गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले नगरउन्मुख गाउँपालिकाको संज्ञा दिँदै विकासको गतिलाई सबै एकीकृत भएर लाग्न सुझाव दिएका थिए । गाउँपालिकामा निर्माण भएका हरेक संरचना सबैको भएले त्यसको गुणस्तर तथा संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै प्रजिअ खानालले सार्वजनिक सम्पत्ति संरक्षणमा लाग्न सबैलाई आग्रह समेत गरे । मैदेलका स्थानीय ओमबहादुर गुरुङले २०७५ चैत्र २९ गते १८९२ वर्ग मिटर जग्गा प्रहरी चौकी मुक्लीको नाममा निःशुल्क रजिष्ट्रेसन गरिदिएका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
- विराटनगरको कवाडी पसलको आगलागीबाट तीनको मृत्यु, तीन जनाको उपचार हुँदै
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया