Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअभिमुखीकरण तालिमको प्रभावकारिताको लागि ‘कल सेन्टर’ स्थापना गरिने

अभिमुखीकरण तालिमको प्रभावकारिताको लागि ‘कल सेन्टर’ स्थापना गरिने


काठमाडौं ।
वैदेशिक रोजगार बोर्डले अभिमुखीकरण तालिमको प्रभावकारिताको लागि कल सेन्टर स्थापना गर्ने तयारी गरेको छ । बोर्डका अनुसार अभिमुखीकरण तालिमको प्रभावकारिताका लागि कल सेन्टरबाट अनलाइन प्रणालीको प्रयोग गरी नियमित अनुगमन एवं पृष्ठपोषणाको व्यवस्था मिलाइने भएको हो ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विदेश जाने युवाहरूलाई प्रशिक्षक तथा तालिम केन्द्रहरूले प्रदान गर्ने अभिमुखीकरण तालिमलाई लिएर आफूहरू पछाइरहने बताए । बोर्डले आइतबार परिमार्जित पूर्वप्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रम कर्याान्वयन सम्बन्धमा सम्बद्ध प्रशिक्षकहरूका लागि आयोजित पुनतार्जगी तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा निर्देशक श्रेष्ठले तालिम केन्द्रमा भएका कमीकमजोरीहरूलाई हटाउन निरन्तर छलफल गर्नका लागि कल सेन्टरको स्थापना गर्न लागिएको बताए । यस्तै उनले तालिम विदेश जाने युवाहरूको लागि सुरक्षा कवजको रूपमा हुनुपर्ने बताए । कार्यक्रममा परराष्ट्र मन्त्रालयका सह–सचिव हरिशचन्द्र घिमिरले अभिमुखीकरण तालिमको विधि पद्धति अस्पष्ट रहेकोले त्यसलाई प्रणालीगत बनाउनु आवश्यक रहेको बताए ।

वैदेशिक रोजगार महिला संघका पूर्वअध्यक्ष सीता देवकोटाले २०६० सालदेखि लागू भएको तालिम शुल्कले तालिम तथा प्रशिक्षण दिनको लागि समस्या भएको बताइन् । उनले काठमाडौँँमा भाडादर महँगो भएको तर तालिम दिएबापत् लिने पुरानै कायम शुल्क सात सय रूपैयाँ अत्यन्त कम भएको हुदाँ तालिम सञ्चालन गर्न कठिनाइ भएको बताइन् ।

वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने सन्दर्भमा रोजगारमा जाने कामदारको हक, हितको संरक्षण तथा सुरक्षालाई पहिलो प्राथमिकतामा राखी बोर्डले फागुन २ गतेमा स्वीकृत भई कार्यान्वयनमा आइरहेको पूर्वप्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रमलाई समयसापेक्ष परिमार्जन गरी कार्यान्वयनमा ल्याएको हो ।

परिमार्जित पाठ्यक्रमले समेटेको मुख्य विषयहरूमा नेपालको वैदेशिक रोजगारसम्बन्धी कानुन, काम गर्न जाने मुलुकको श्रम, अध्यागमन र ट्राफिक नियमको जानकारी, गन्तव्य मुलुकको भौगोलिम, सामाजिक, सांस्कृतिक, राजनीतिक, भाषिक, धार्मिक पक्षको आधारभूत जानकारी र सोहीअनुकूल अपनाउनुपर्ने आचरणसम्बन्धी ज्ञान सीप, व्यक्तिगत शारीरिक तथा मानसिक स्थिति र संवेगात्मक स्थिति तन्दुरुस्त राखी कार्य अवधिभर सुरक्षित र सहजपूर्वक जिम्मेवारी वहन गर्न आवश्यक आचरण र व्यवहार, आर्जित पारिश्रमिकको सुरक्षित, सहज र सरल तरिकाले नेपाल ल्याउन पठाउन आवश्यक कानुनसम्मम माध्यम, विधि र प्रक्रियाजस्ता अन्तर वस्तुहरूलाई समावेश गरिनुको साथै गन्तव्य मुलुकसम्मको सहज र सुरक्षित यात्राको बारेमा र पूर्वतयारी, प्रस्थान बिन्दुबाट पहुँच स्थलसम्मको यात्रासम्बन्धी जानकारी, करार पत्रबारे जानकारी र व्यक्तिगत आचरण एवं तनाव व्यवस्थापन, कार्यस्थलमा अपनाउनुपर्ने सावधानी तथा हुन सक्ने दुर्घटनाबाट सुरक्षित रहने उपायहरू, स्वास्थ्य तथा व्यवसायजन्य सुरक्षाबारे आधारभूत विषयहरू रहेका छन् ।

पूर्वप्रस्थान अभिमुखीकारण तालिमलाई गुणस्तरीय र समयसापेक्ष बनाउने सन्दर्भमा सर्वोच्च अदालत, राष्ट्रिय मानव अधिकार आयोग, अख्तियार दुरूपयोग अनुसन्धान अयोग र समय समयमा नेपाल सरकारद्धारा गठन भएका कार्यदलहरूबाट प्राप्त महत्वपूर्ण राय, सुझाव र निर्देशन समेतलाई आत्मसाथ गर्दै देशगतरूपमा हुने गरी परिमार्जित पाठ्यक्रमलाई वैदेशिक रोजगार बोर्डको मंसिर १० गतेको बैठकबाट स्वीकृत भएपछि सचिवालयबाट कार्यान्वयनमा लाने तयारी गरेको थियो ।

पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई प्रभावकारी तुल्याउन बोर्डको सचिवालयले देशैभर रहेका पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रशिक्षकहरूलाई २०७७ फागुन १६ गतेदेखि २२ गतेसम्म समूहगत चरणमा दुईदिने पुनर्ताजगी तालिम समेत सञ्चालन गरेको थियो । पछिल्लो एक दशकमा वैदेशिक रोजगारीको क्रममा करिब १० हजार जना युवाको ज्यान गएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया