मेरिगोल्ड १११औँ वर्ष प्रवेशका अवसरमा छुट र लक्की ड्र

काठमाडौं ।
मेरिगोल्ड (सयपत्री ज्वेलर्स) स्थापनाको १११औँ वर्षमा प्रवेश गरेको छ । नेपालका मौलिक तथा आधुनिक गरगहना निर्माण एवं बिक्रीमा विशिष्ट स्थानमा रहेको मेरिगोल्डले १११औँ वर्ष प्रवेश गरेको अवसरमा विशेष छुटसहित विभिन्न अफर ल्याएको छ ।
मेरिगोल्डका प्रबन्धनिर्देशक ज्योत्सना श्रेष्ठका अनुसार १११औँ वार्षिकोत्सवका अवसरमा न्युरोडस्थित मेरिगोल्डको नयाँ शोरुममा विशेष छुट र लक्की ड्र कार्यक्रम राखिएको छ । जसमा प्रथम पुरस्कारस्वरुप विजेताको तौलबराबर शुद्ध चाँदी तगा द्वितीय पुरस्कारमा झापाको मेची क्राउन होटलमा दुई रात तीन दिनको प्याकेज रहेको छ ।
मेरिगोल्डका हाल न्युरोड र दरबारमार्गमा आउटलेट सञ्चालनमा रहेका छन् । ग्राहकको अटुट विश्वास तथा गुणस्तरमा कहिल्यै सम्झौता नगरेकै कारण मेरिगोल्डले ११ दशक पूरा गरेको प्रबन्धनिर्देशक श्रेष्ठले बताइन् । ‘हामीले माौलिकता जोगाउँदै र ग्राहकको विश्वास जित्दै सुनचाँदीका गरगहना तयार पार्दै आइरहेका छौँ’, उनले भनिन्, ‘परिस्थितिअनुकूल रह्यो भने चाँडै नेपालमा उत्पादित गरगहना उल्लेख्य परिमाणमा निर्यात गर्न पनि मेरिगोल्ड सक्षम हुनेछ ।’
पारिवारिक व्यवसायका रुपमा रहेको मेरिगोल्ड हाल संस्थागत अवधारणाअनुसार अगाडि बढिरहेको छ । ग्राहकको आवश्यकता र रुचिअनुसारका गरगहना तयार गर्ने, नयाँ डिजाइनका लागि अध्ययन र अनुसन्धान गर्ने तथा बाइब्याक ग्यारेन्टीलाई सरलीकृत गर्दै लैजाने मेरिगोल्डको प्रतिबद्धता रहेको छ । सुनचाँदी तथा गरगहना व्यवसायलाई विश्वसनीय बनाउन मेरिगोल्ड सदैव प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया