Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गरिने

‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गरिने


काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बरका तर्फबाट पर्यटन समितिका सभापति अर्जुनप्रसाद शर्मा तथा क्लबका क्याप्टेन राजेन्द्रमान शेरचनले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार चेम्बरको ७०औँ वार्षिकोत्सवको अवसरमा चैत २० र २१ गते ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’को पहिलो संस्करण आयोजना गरिनेछ । यसपछि पाँच वर्षसम्म हरेक वर्ष गल्फ प्रतियोगिता आयोजना गर्ने समझदारीपत्रमा उल्लेख छ ।

अहिले कर्पोरेट क्षेत्रलाई लक्ष्य गरी आयोजना गरिने गल्फ प्रतियोगितालाई भविष्यमा मुलुकको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको बनाइने चेम्बरका कार्यसमिति सदस्य एवं पर्यटन सभापति अर्जुनप्रसाद शर्माले जानकारी दिए । ‘यसखालका प्रतियोगिताले कोभिड १९ पछि खस्किएको पर्यटन उद्योगलाई प्रबर्द्धन गर्न सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा छ’, शर्माले भने ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया