Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘राधास्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण

‘राधास्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण


काठमाडौं ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वसुन्धारामा सञ्चालन हुनलागेको ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गरेका छन् ।निरीक्षण गर्दै उनले तत्कालै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्यसचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेसन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन निर्देशन समेत दिए ।

पोखरेलको निर्देशनपछि यसै साताबाट नेपाली सेनाले आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित सञ्चालन हुनलागेको यो आइसोलेसन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।

आवश्यकताअनुसार दुई सय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । यो आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेसन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने सोच बनाइको सीसीएमसीका संयोजक समेत रहेका पोखरेलले बताए । निर्धक्क रुपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै उनले सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने बताए ।

उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिष्ट्रार महासेनानी डा. सुमनराज डंगोलले आइसोलेसन केन्द्रबारे जानकारी गराएका थिए । निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डंगोललगायत सहभागी थिए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया