Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहस्तकला महासंघद्वारा अस्पताल र आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

हस्तकला महासंघद्वारा अस्पताल र आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं ।
नेपाल हस्तकला महासंघले कोभिड १९ बिरामीहरुको उपचारार्थ स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । महासंघले परोपकार प्रसूति तथा स्त्रीरोग अस्तपाल, शुक्रराज टपिकल तथा सरुवारोग अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठान (पाटन अस्पताल)लाई व्यक्तिगत सुरक्षा (पीपीई) सेटलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

उक्त स्वास्थ्य सामग्री महासंघका अध्यक्ष सुरेन्दभाई शाक्य, वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यलगायतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी प्रशासकीय अधिकृत रानु थापालाई, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सागर राजभण्डारी र पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानका निर्देशक रवि शाक्यलाई हस्तान्तरण गरेका हुन् ।

साथै महासंघले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र लुम्बिनी प्रदेश मुख्य मन्त्री कार्यालयमा पनि पीपीई सेटलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो भने क्षेत्रपाटी निःशुल्क चिकित्सालय र ललितपुरस्थित च्यासल, नागबहाल, पुल्चोकको ओश्वरमहाविहार लगायत चाकुपाट १२ वडामा रहेका आइसोलेसन सेन्टरहरुमा पनि विभिन्न स्वास्थ्य सामग्री दिई सहयोग गरिएको थियो ।

महासंघद्वारा जम्मा एक हजार थान फुट कभर, एक सय ८० बक्स ग्लोभ्स, १० हजार पिस सर्जिकल मास्क, दुई सय पिस एन९५ मास्क, एक हजार थान फेसशिल्ड, सय थान पीपीई सेट र ४० जार सेनिटाइजर स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया