Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘शिक्षक र प्राध्यापकलाई बजेटमा विभेद गरियो’

‘शिक्षक र प्राध्यापकलाई बजेटमा विभेद गरियो’


काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले आगामी अर्थिक वर्ष २०७८/०७९ को बजेटमा शिक्षक तथा प्राध्यापकलाई विभेद गरिएको जनाएको छ । निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकलाई दिइने सेवा एवं सुविधामा विभेद गरिएको कांग्रेस शिक्षा विभागको भनाइ छ ।

विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गरी विभेदको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बजेटले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिकबराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने, निजामती कर्मचारीलाई १० लाख रूपैयाँको सामूहिक दुर्घटना बीमा र एक लाख रूपैयाँको स्वास्थ्य बीमा प्रिमियमबापतको रकम सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ । तर उक्त दुवै सेवा तथा सुविधाबाट शिक्षक र प्राध्यापकलाई वञ्चित गरिएको कांग्रेसको भनाइ छ ।

शिक्षक र प्राध्यापकमा गरिएको विभेदप्रति आपत्ति प्रकट गर्दै कांग्रेसले सरकारलाई त्यस्तो विभेदको अन्त्य गर्न आग्रह समेत गरेको छ । साथै विभागले सरकारले शिक्षक तथा प्राध्यापकवर्गको मागलाई आन्दोनबाट मात्र बाध्य भएर सम्बोधन गर्ने गरिएको पारिपाटीको अन्त्य गर्दै भविष्यमा यस्तोे विभेदकारी स्थितिको अन्त्य गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया