Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालक्वालिटी इन्टरटेनमेन्ट अवार्डको आवेदन खुल्यो

क्वालिटी इन्टरटेनमेन्ट अवार्डको आवेदन खुल्यो


काठमाडौं ।
निषेधाज्ञा खुकुलो भएसँगै विविध गतिविधि सुरु भएको छ । यसै क्रममा संगीत क्षेत्र तथा चलचित्र क्षेत्रको गतिविधि पनि सुरु भएको छ । यसै क्रममा विगत डेढ दशकदेखि नेपाली चलचित्र, म्युजिक भिडियो, वृत्तचित्र निर्माणसँगै गीत संगीत उत्पादन, वितरण गर्दै आएको क्लालिटी फिल्म्स प्रालिले अब यो क्षेत्रको विकास र प्रोत्साहनका लागि अवार्ड पनि आयोजना गर्ने भएको छ ।

क्वालिटी फिल्म्सका अध्यक्ष उमेश गुरुङले नेपाली गीतसंगीत क्षेत्रको प्रवर्द्धन तथा प्रोत्साहनका लागि अवार्ड गर्न लागिएको बताए । क्वालिटी फिल्म्सका तर्फबाट ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ आयोजना गरिने भएको छ । सर्जकलाई सम्मान, गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नाराका साथ यो अवार्ड आयोजना हुनलागेको हो ।

क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि १७ असारबाट फारम खुल्ला गरिएको छ । क्वालिटी फिल्म्सको कार्यालय अनामनगर र अनलाइनमार्फत पनि यो अवार्डको फारम भर्न सकिने अध्यक्ष गुरुङले बताए । अवार्डको फारम १५ साउनसम्म बुझाइसक्नुपर्ने र त्यसपछि चाँडोभन्दा चाँडो अवार्ड आयोजना गरिने पनि अध्यक्ष गुरुङले जानकारी गराए ।

अध्यक्ष गुरुङका अनुसार यो अवार्ड विविध ४७ विधामा प्रदान गरिनेछ । गीत संगीततर्फ, गायिक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, म्युजिक कम्पनी, रेकर्डिस्ट, म्युजिक भिडियो निर्देशक, छायाकार, सम्पादक, अभिनेता अभिनेत्रीलाई यो अवार्ड प्रदान गरिनेछ । यस्तै चलचित्र विधाको पनि गीत संगीत, स्क्रिप्ट, अभिनय, निर्देशनजस्ता विधामा अवार्ड प्रदान गरिनेछ । फेसन विधामा फेसन स्टाइल, कस्ट्युम डिजाइनजस्ता विधामा अवार्ड प्रदान गरिने भएको छ । यी विधामा डायस्पोरातर्फ पनि अवार्ड प्रदान गरिने भएको छ ।

यो अवार्डको लागि २०७६ वैशाख १ बाट २०७८ असार मसान्तसम्म रेकर्ड भएर सार्वजनिक रुपमा आएका गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघु चलचित्र फेसन कार्यक्रम, मोडलिङजस्ता विधाले भाग लिन पाउनेछन् । यस इन्टररटेनमेन्ट अवार्डअन्तर्गत गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघु चलचित्र, फेसन, मोडलिङ, सामाजिक अभियानजस्ता विविध विधामा अवार्ड प्रदान गरिने पनि क्वालिटी फिल्म्सका अध्यक्ष उमेश गुरुङले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया