Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनयाँ भवन बनेपछि विद्यार्थी हर्षित

नयाँ भवन बनेपछि विद्यार्थी हर्षित


दोलखा । भूकम्पले ध्वस्त बनाएको विद्यालय भवनको पुननिर्माण भएपछि कालिदेवी आधारभूत विद्यालयका विद्यार्थी खुशी देखिएका छन् । लामो समय जस्ताको अस्थायी टहरामा पठनपाठन हुँदै आएको बैतेश्वर गाउँपालिका–३ मिर्गे पाइलेमा रहेको यस विद्यालयको भवन निर्माण सम्पन्न भएसँगै विद्यार्थीहरू खुशी देखिएका हुन् ।

भूकम्पले ध्वस्त हुँदा करिब छ वर्षदेखि जस्ताको अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयले लामो संघर्षपछि पक्की भवन निर्माण गर्न सफल भएको छ । विद्यालयले अहिले आठ कोठाको पक्की भवन निर्माण सम्पन्न गरिसकेको विद्यालयका प्राध्यानध्यापक राम्जी घिमिरेले जानकारी दिए । दुई तला भएको ८ कोठे भवन निर्माण गर्न जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले रकम अनुदान दिएको थियो । घिमिरेका अनुसार भवन निर्माण गर्न एक करोड १४ लाख पाँच सय २० रूपैयाँ अनुदान आएको थियो ।

गत कात्तिकदेखि भवनको निर्माणको काम सुरु गरेको उनले बताए । भवन निर्माणको जिम्मा विद्यालय व्यवस्थापन समितिले उपभोक्तालाई दिएको थियो । भवन निर्माण तथा व्यवस्थापन समितिका संयोजक गणेश बस्नेतले भवनको निर्माण सम्पन्न भइसकेकाले केही दिनमा हस्तान्तरण हुने बताए ।

गाउँमा लामो समयपछि पक्की विद्यालय भवन निर्माण भएपछि पाइलेका अभिभावक समेत खुशी देखिएका छन् । प्रारम्भिक बालविकासदेखि कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा खानेपानी, सौचालयको सुविधा रहने मिर्गेका जनप्रतिनिधि एवं भवन निर्माण समितिका सदस्य कमल अधिकारीले बताए । विद्यालयमा अहिले विद्यालयमा भवनबाहेक अन्य निर्माणको काम धमाधम भइरहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया