Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालखुम्बु प्रवेशमा कडाइ, पीसीआर रिपोर्ट अनिवार्य

खुम्बु प्रवेशमा कडाइ, पीसीआर रिपोर्ट अनिवार्य


रमन वन सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङ ल्हामू गाउँपालिकाले पर्यटकीय क्षेत्र खुम्बु प्रवेशको लागि पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । खुम्बुमा संक्रमण जोखिम बढ्दै गएसँगै पालिकाले खुम्बु प्रवेशको लागि कोरोनाको खोप नलगाएका नागरिकहरूलाई पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले एक सूचना जारी गर्दै हवाइ मार्गबाट तथा पैदल यात्रा हुँदै खुम्बु भित्रिने खोप नलगाएका व्यक्तिहरूको पीसीआर रिपोर्टलाई अनिवार्य गर्ने निर्णय भएको जनाएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीले उक्त निर्णय कार्यान्वयनको लागि विभिन्न वायुसेवा कम्पनीहरूलाई पत्र काटिसकेको बताए । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा तारा, समिट, सीता, श्री एयरलाइन्स र हेलिकोप्टरले उडान भर्दै आएका छन् । लुक्लामा काठमाडौं–फाप्लु हवाइ उडान हुनेगरेको नागरिक उड्डयन प्रधिकरण लुक्लाले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया