Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘५० स्टार्टअप–५० लगानीकर्ता’ कार्यक्रमको आवेदन पुनः सुचारू

‘५० स्टार्टअप–५० लगानीकर्ता’ कार्यक्रमको आवेदन पुनः सुचारू


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरूसँग आबद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्याएको ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिने समय पुनः सुचारू गरेको छ ।

कार्यक्रममा अनलाइन आवेदन गत बैशाख ४ गतेदेखि खुला गरिएको थियो । ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिको पहलमा ल्याइएको हो । कोभिड महामारीका कारण बढीभन्दा बढी स्टार्टअप उद्यमीहरूलाई समेट्न नसकिएकाले मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीहरूको सहभागिता हुन सकोस् भनेर महासंघले आवेदन दिने समय पुनः सुचारू गरेको जानकारी दिएको छ । महासंघका अनुसार यसअघि आवेदन दिई सकेकाले पुनः आवेदन दिनुपर्ने छैन भने आवेदक फर्म भरिसकेपछि महासंघबाट इमेलमार्फत सम्पर्क गरिनेछ । आवेदन सबै क्षेत्र (कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा)का लागि दिन सकिनेछ ।

उक्त आवेदन प्रक्रियालाई पुनः सुचारु गरी कार्यक्रममा मुलुकभरबाट जतिसक्दो धेरै स्टार्टअप उद्यमीहरूको सहभागिता बढाउने कार्यमा सहयोग गर्न महासंघले आफना सातैवटा प्रदेश चेप्टरहरूलाई आग्रह समेत गरेको छ । लगानीकर्ताहरूको व्यावसायिक अभिरूचिसँग छनौट भएर आउने स्टार्टअपहरूलाई मिलान गराई फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा स्टार्टअप समितिले सहयोग गर्नेछ । नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यावसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि समेत यो आवेदन गरिएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया