Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाललिटमस केबलको ब्राण्ड एम्बेसडरमा राजेश हमाल दम्पती

लिटमस केबलको ब्राण्ड एम्बेसडरमा राजेश हमाल दम्पती


काठमाडौं । लुम्बिनी विद्युत् उद्योग प्रालिले आफ्ना उत्पादनहरुको प्रवद्र्धन एवं विस्तार गर्नको लागि महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

दुई वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवद्र्धन गर्ने विभिन्न समारोह, विज्ञापन, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुनेछ । लुम्बिनी विद्युत उद्योग प्रालि सन् १९७७ मा स्थापित नेपालको पहिलो आल्मोनियम कन्डक्टर स्टिल रेन्फरसेन्सज कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ ।

चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आएको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्धनिर्देशक रोहित गुप्ताले कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दित भई क्वलिटीमा नम्बर १ रहनको लागि हालै एड्भान्स जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोग समेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको बताए ।

‘ब्राण्ड एम्बेसडरमा हामीलाई नियुक्त हुन अगाडी हामीले कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अवलोकन एवं जानकारी हासिल ग-यौँ । वास्तवमै यस्तो एड्भान्स जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत् केबल उत्पादन गर्ने सम्भवतः यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौँ’, राजेश हमालले भने । अत्याधुनिक जर्मन प्रविधिको प्रयोग गरी कम्पनीले ओभरहेड कन्डक्टर एसीएसआर/एबीसी केबल/एक्सएलपीई कभर्ड कन्डक्टर्स/पावर केबल/कन्ट्रोल्स केबल//मल्टिकोर फिक्जेबल केबल/डोमेस्टिक हाउस वाइरिङ्गलगायतको कम्पनीले उत्पादन गर्दै आएको छ । कम्पनीका केबलहरुको प्रयोगले विद्युत् बिललाई समेत घटाउने दाबी कम्पनीले लिँदै आएको छ । लुम्बिनी विद्युत् उद्योग नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगीनी संस्थाका रुपमा रहँदै आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया