Techie IT
×
गृहपृष्ठनेपालपर्यटक आगमनले खुम्बुका पर्यटन व्यवसायी उत्साहित

पर्यटक आगमनले खुम्बुका पर्यटन व्यवसायी उत्साहित


सोलुखुम्बु । संसारकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा परिचित सोलुुखुम्बुको खुम्बु क्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएसँगै व्यवसायी उत्साहित बनेका छन् । लामो समयदेखि कोभिड– १९ को मारमा परेका खुम्बुका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका हुन् ।

पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले आफूहरु उत्साहित भएको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताए । खुम्बुमा भदौ अन्तिमदेखि कात्तिकसम्म पर्यटकीय मौसम मानिन्छ ।

गत वर्ष स्प्रिङ सिजनमा फाटफुट पर्यटक आए पनि कोरोनाको दोस्रो लहरले पुनः प्रभावित बनाएको थियो । कोभिडका कारण दुई वर्षयता पर्यटक आवागमन ठप्पजस्तै बनेको खुम्बुमा यस वर्ष सुरुवातै चरणबाटै पर्यटक आउनथालेकाले व्यवसायीहरु खुसी भएको लुक्लाका तेम्बा शेर्पाको भनाइ छ ।

उनका अनुसार सिजनको सुरुवाती चरणको पर्यटकलाई हेर्ने हो भने यस वर्ष दोब्बर तेब्बरले पर्यटन भित्रिने आशा व्यवसायीमा छ । हाल आन्तरिक तथा बाह्य पर्यटक गरी दैनिक १५ देखि ६० जनाको हाराहारीमा खुम्बु भित्रिने गरेकोे गाउँपालिकाले जनाएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया