Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुखुम्बुको ४४ प्रतिशत वडामा बर्थिङ सेन्टर सञ्चालन

सोलुखुम्बुको ४४ प्रतिशत वडामा बर्थिङ सेन्टर सञ्चालन


सोलुखुम्बु । सोलुखुम्बुको ४४ प्रतिशत वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । आठ स्थानीय तह र ५२ वटा वडा रहेको जिल्लामा ४४.२३ प्रतिशत अर्थात् २३ वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको हो ।

स्थानीय सरकार आएसँगै मातृ मृत्युदर रोक्न बर्थिङ सेन्टर सञ्चालनलाई प्राथमिकता दिएको सम्बन्धित पालिकाले जनाएका छन् । हाल जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले वडा नम्बर १, २, ७, ८, ९ र १० मा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको स्वास्थ्य शाखा संयोजक चमर मगरले दिए । यस्तै थुलुङ दुधकोशी गाउँपालिकाले वडा नम्बर १, ३, ४, ८ र ९ मा र सोताङ गाउँपालिकाले सोताङ अस्पतालमा शल्यक्रियासहितको बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । त्यसैगरी वडा नम्बर १ र २ मा बर्थिङ सेन्टर सञ्चालन ल्याएको माप्य दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि वडा नम्बर ६ मा पनि सञ्चालनमा ल्याउने स्वास्थ्य शाखा संयोजक जितेन्द्र यादवले जानकारी दिए ।

महाकुलुङ गाउँपालिकाको वडा नम्बर १, ३, ५ मा र नेचासल्यान गाउँपालिकाले वडा नम्बर २ र ३ मा बर्थिङ सेन्टर सञ्चालन गरेको छ । यता खुम्बु पासाङल्हमु गाउँपालिकाको वडा नम्बर २ र ४ मा सञ्चालन गरेको छ भने लिखुपिके गाउँपालिकाले वडा नम्बर ३ र ५ मा सञ्चालन गरेको स्वास्थ्य शाखाले जनाएको छ । आमा र शिशुको अकालमै हुने मृत्युवरण रोक्न जिल्लाका ५२ वटै वडामा बर्थिङ सेन्टर पु-याउने लक्ष्य भए पनि कतिपय वडामा भौतिक संरचना तथा दक्ष जनशक्ति अभावलगायतका कारणले सञ्चालन गर्न नसकिएकोे सम्बन्धित पालिकाले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया