Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपरिसंघद्वारा अफगानिस्तानका लागि मानवीय सहायता सामग्री हस्तान्तरण

परिसंघद्वारा अफगानिस्तानका लागि मानवीय सहायता सामग्री हस्तान्तरण


काठमाडौँ । नेपाल उद्योग परिसंघले सार्क सदस्य राष्ट्र अफगानिस्ताका लागि मानवीय सहायता हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई परिसंघको तर्फबाट राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

परराष्ट्र मन्त्री खड्काले छिमेकी देशमा परेको संकटमा नेपाल सरकार र निजी क्षेत्र मिलेर उदाहरणीय सहयोग गरेको बताए । ‘सरकारले निजी क्षेत्रलाई आह्वान ग-यो, तपाईँहरूले सहयोग जुटाइदिनुभयो,’ उनले भने, ‘यो क्रियाकलापले सरकार र निजी क्षेत्रको सहकार्य थप बलियो बनाएको छ ।’ मन्त्री खड्काले नेपाल सन् २०२६ बाट अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको भन्दै त्यसपछि आइपर्ने चुनौती पनि सरकार र निजी क्षेत्र मिलेर सामना गर्नुपर्ने बताए । कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालको कूटनीतिक क्षेत्रमा यो महत्वपूर्ण काम भएको उल्लेख गरे । उनले सरकारको आह्वानमा निजी क्षेत्रले मानवीय सहायतामा सधैँ काम गरिरहेको पनि बताए ।

अफगानिस्तानमा परेको मानवीय संकट समाधानमा सहयोग गर्ने उद्देश्यले परिसंघले करिब २३ लाख मूल्यबराबरको औषधि हस्तान्तरण गरेको छ । परिसंघसहित निजी क्षेत्रबाट हस्तान्तरित सहयोग आइतबार काबुल पठाइनेछ । हिमालयन एयरलाइन्सको च्यारिटी उडानमार्फत सहयोग सामग्री काबुल पु-याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । कार्यक्रममा परिसंघका उपाध्यक्ष राजेश अग्रवाल र नेपालका लागि सेसल्सका अवैतनिक दूत एवं परिसंघ प्रदेश नं २ का संयोजक नरेश दासको उपस्थिति थियो । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया