Techie IT
×
गृहपृष्ठनेपालप्रधान सम्पादक राणालाई मातृशोक

प्रधान सम्पादक राणालाई मातृशोक


काठमाडौं । देशान्तर साप्ताहिकका प्रधान सम्पादक कबिर राणा तथा नेपाली कांग्रेसका युवा नेता रबि राणालाई मातृशोक परेको छ । राणाद्वयको ममतामयी माता मिनकुमारी राणाको यही माघ १५ गते शनिबार बिहान भक्तपुरको ठिमीस्थित मध्यपुर हष्पिटलमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पारिवारिक स्रोतका अनुसार हृदयघात भई मध्यपुर हस्पिटलमा उपचार हुँदै गर्दा ८३ वर्षीया मिनकुमारीको शनिबार बिहान निधन भएको हो ।

देशान्तर साप्ताहिक, ई–देशान्तर समेतका प्रधान सम्पादक तथा प्रबन्ध निर्देशक समेत रहेका राणा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन् । माताको असामयिक निधनले राणा अहिले शोकमा रहेका छन् । स्वर्गीय मिनकुमारी राणाको दुई छोरा कबिर राणा र रबि राणा रहेका छन् । जेठो छोरा कबिर पत्रकारिता क्षेत्रमा भए पनि कान्छो छोरा रबि भने राजनीतिक क्षेत्रमा संलग्न रहेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया