Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसम्पादक राईको निधन

सम्पादक राईको निधन


काठमाडौं । काठमाडौंबाट प्रकाशित हुने प्रभाव दैनिकका सम्पादक कमलराज राईको निधन भएको छ । उनी केही दिनअघि मात्र कोरोना संक्रमण भई ठीक भएका थिए । कोरोना ठीक भएर हिँडेको केही दिनमात्र हुँदा उनको बिहीबार अचानक अक्सिजन लेभल घटेर ४७ मा आइपुगेर श्वासप्रश्वासमा समस्या भएपछि टिचिङ अस्पताल लगिएको थियो ।

टिचिङ अस्पतालले गम्भीर अवस्थाको बिरामीलाई आईसीयूको बेड छैन भनी फिर्ता पठाएर पछि त्यहाँ भेटिएका फार्मेसियनको रिफरमा सम्पादक राईलाई नेपाल–भारत मैत्री अस्पताल चाबहिल पु-याइएको थियो । अस्पतालमा भर्ना गरेको केही समयमा नै सम्पादक राईलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए । राई पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका कार्यसमिति सदस्य समेत हुन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया