Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअर्घाखाँचीमा शीतगंगा महोत्सव सुरु

अर्घाखाँचीमा शीतगंगा महोत्सव सुरु


अनिल नेपाली
अर्घाखाँची, फागुन २
प्रथम शीतगंगा कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव बिहीबारबाट ठाडामा सुरु भएको छ । महोत्सवको प्रदेश–५ का पर्यटनमन्त्री लिला गिरीले उद्घाटन गरेका हुन्  । भौगोलिक हिसाबले देशकै ठुलो नगरपालिकामा शीतगंगा उद्योग वाणिज्य संघले आफ्नो स्थापनासँगै महोत्सव सञ्चालन गरेको छ । फागुन १२ गते सम्पन्न हुने महोत्सवमा १ सय ५ स्टल रहेका छन् । दुई करोडबराबरको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । शीतगंगामा उत्पादन भएको वस्तुको बजार प्रवर्द्धन गरी उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास छ ।

नगरका १४ वटै वडा दुर्गम र भौगोलिक जटिलता छ । उद्घाटनमा प्रदेश सांसद रामजीप्रसाद घिमिरे, निर्मला क्षत्री, जालापा भुसाल, जिल्ला समन्यव समिति प्रमुख पिताम्बर शर्मा, शीतगंगा नगरपालिका प्रमुख सूर्य अधिकारी, सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी विजय पौडेललगायत दलका नेता, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा प्रमुख, सञ्चारकर्मी एवं सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया