Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमंसिर १५ पछि तीव्र गतिमा सवारी चलाउनेले पनि सचेतना कक्षा लिनुपर्ने

मंसिर १५ पछि तीव्र गतिमा सवारी चलाउनेले पनि सचेतना कक्षा लिनुपर्ने


काठमाडौं । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर १५ गते बिहीबारदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकहरुलाई पनि जरिवानाका साथै अनिवार्य १ घण्टाको सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । अहिलेसम्म मापसे गरेर सवारीसाधन चलाउने, लेन नियम उल्लङ्घन गर्ने र रातो बत्ती क्रस गरेमा मात्रै सचेतना कक्षा लिनुपर्ने व्यवस्था रहेको थियो ।

काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारण नै तीव्र गतिमा सवारीसाधन चलाउनु रहेकोले अनिवार्यरुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था गर्न लागिएको कार्यलयले जनाएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा तीन हजार पाँच सय ४३ र चालू आर्थिक वर्षको तीन महिनाको छ सय ४९ वटा सवारी दुर्घटनाहरु तीव्र गतिका कारण भएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार चार सय४ सात जना र चालू आर्थिक वर्षको तीन महिनामा आठ हजार पाँच सय ८४ जना तीव्र गतिमा सवारीसाधन चलाउने चालकहरुलाई कारबाही गरेको थियो । कारबाही गरिए पनि सवारीचालकहरुमा सचेतनाको कमीले गर्दा तीव्र गतिमा सवारीसाधन चलाउने प्रवृतिमा कमी नआएको र दुर्घटनाहरु समेत बढ्दै गएकोले अनिवार्य रुपमा एक घण्टाको सचेतना कक्षामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया