सगरमाथा राष्ट्रिय निकुञ्जले शुल्क नतिर्ने हेलिकोप्टर नियन्त्रणमा लिने
काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले निकुञ्ज क्षेत्रमा अवतरण शुल्क हुने हेलिकोप्टरलाई नियन्त्रणमा लिने भएको छ ।
निकुञ्ज क्षेत्रमा शुल्क छल्दै अवतरण हुने हेलिकोप्टरको संख्या बढेकाले फेब्रुवरी १ तारिखबाट शुल्क भुक्तानी नगरी अवतरण हुने हेलिकप्टरलाई नियन्त्रण लिई कारबाही गर्ने भएको हो । यसका लागि निकुञ्जले हेलिकोप्टर कम्पनीहरुलाई लिखित पत्राचार गरेको छ भने हेलिकोप्टर र चालकलाई नियन्त्रणमा लिन नेपाली सेनालाई पत्र काटिएको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए ।
यसबाट हेलिकोप्टर कम्पनीहरुले गर्नेगरेको राजस्व छलीलाई नियन्त्रण गर्न मद्दत पुग्ने निकुञ्जको विश्वास छ । निकुञ्जको नियमअनुसार हेलिकोप्टरले प्रतिअवतरण तीन हजार रुपैयाँ राजस्व बुझाउनुपर्ने प्रावधान छ । तर कम्पनीहरुले उक्त नियमलाई छल्दै शुल्क बुझाउन अटेर गरिरहेकोे निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया