Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालगोरखाको गुम्बा निर्माणका लागि मनकामना दर्शनद्वारा २ लाख सहयोग

गोरखाको गुम्बा निर्माणका लागि मनकामना दर्शनद्वारा २ लाख सहयोग


काठमाडौं, चैत ९
गोरखा नगरपालिका सतिपिपलमा निर्माण भइरहेको बुद्ध गुम्बाको लागि मनकामना दर्शन प्रालिले दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपालकै पहिलो केबुलकारका संस्थापक स्व.लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा उनको कान्छो भाइ भरतबाबु श्रेष्ठको उपस्थितिमा मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठद्वारा उक्त रकम एक कार्यक्रमका बीच गोरखा बौद्ध समूहका अध्यक्ष विष्णु बहादुर थापा मगरलाई हस्तान्तरण गरेका हुन् । गोरखामा जन्मिएर राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पु-याएका स्व. लक्ष्मणबाबु श्रेष्ठको नाममा उनका परिवारले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया