पहिरोमा परी दुई जनाको मृत्यु, दुई बेपत्ता
दोलखा । जिल्लाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बु टोपटारमा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । गत बिहीबार राति गएको पहिरामा परी बेपत्ता भएका चार जनामध्ये दुई जनाको शव शुक्रबार दिउँसो फेला परेको हो । दुई जना अझै बेपत्ता रहेका छन् ।
रातको समय अविरल बर्षासँगै बस्तीमाथिको सल्लेभिरबाट खसेको पहिरोमा परी टोपाटार गाउँका कृष्णबहादुर मगर, उनकी श्रीमती देवीमाया मगर, हरिलाल श्रेष्ठ र तीन वर्षका बालक प्रिन्स थामी बेपत्ता भएका थिए । बेपत्ता भएकामध्ये शुक्रबार देवीमाया र प्रिन्सको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताए । उनका अनुसार पहिरोमा बेपत्ता अन्य दुई जना हरिलाल श्रेष्ठ र कृष्णबहादुर मगरको खोजी कार्य जारी रहेको छ । शुक्रबार र शनिबार दिनभर खोज्दा पनि उनीहरू फेला पार्न नसकिएको उनले बताए । उनीहरूको खोजी कार्यमा शुक्रवार बिहानदेखि नै नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरीको टोली लागिरहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर सोही टोलका यज्ञबहादुर थामी, उनकी श्रीमती धनमाया थामी र बुहारी सीता थामी घाइते भएका छन् । उनीहरूको काठमाडौंमा उपचार भइरहेको वडा नम्बर ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । घाइतेहरूको हेलिकोप्टरमार्फत शुक्रबार घटनास्थलबाट उद्धार गरी काठमाडौं पठाइएको हो । पहिरोले स्थानीय कृष्णबहादुर मगरको घर पूरै बगाएको छ । यस्तै, हरिलाल श्रेष्ठ, यज्ञ थामी, टपेन्द्र गुरुङ र घनश्याम खत्रीको घरमा समेत पूर्णरूपमा क्षति पुगेको छ । पहिरोका कारण दर्जनौँ परिवार विस्थापित बनेका छन् ।
सोही वडामा रहेको सल्लेको ठाडोखोलामा बाढी आएर पहिरो गएको वडाध्यक्ष शेर्पाले बताए । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन पुरेको स्थानीय निमाल्मु शेर्पाले बताइन् । पहिरोको कारण खेती लगाइएको जमिनमा ढुङ्गामुढा र लेदोले भरिएको छ । दोलखाको उत्तरी क्षेत्रमा बर्सेनि पहिरो जाने गरेको छ । मार्बुमा चार वर्षअघि पनि पहिरोले ठूलो जनधनको क्षति भएको थियो ।
क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया