Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान

स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान


काठमाडौँ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान गरेका छन् । भोलि मंगलबार देखि इजिप्टको कायरोमा सुरु हुन लागेको जनसङ्ख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन मन्त्री इजिप्ट प्रस्थान गरेका हुन् ।

प्रेस संयोजक रामचन्द्र दुलालका अनुसार इजिप्टमा मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्नुका साथै इजिप्टका स्वास्थ्यमन्त्रीसँग दुई पक्षीय बैठक तथा दक्षिण पूर्वएसियाका स्वाथ्यमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उनको साथमा मन्त्रालयका सचिव विकास देवकोटा रहेका छन् । यही भदौ २४ गते मन्त्री बस्नेत स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया