वडाध्यक्ष रिजालको निधन
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । निमोनियाका कारण बिहीबार उनको निधन भएको ग्राण्डी अस्पतालले जनाएको छ । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण बिहीबार बिहान ७ः३० बजे निधन हो ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ का क्षेत्रीय सभापति समेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका–१६ मा दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष रिजालको निधनप्रति पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । स्वर्गीय रिजालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु-याएको योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन् । साथै, दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट उनले गहिरो समवेदना प्रकट गरेका छन् । विसं २०२७ कात्तिकमा जन्मेका रिजाल विसं २०४६ को ऐतिहासिक जनआन्दोलमा प्रहरीको हिरासतमा समेत परेका थिए । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् । उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
त्यसअघि स्व रिजालको शवलाई श्रद्धाञ्जलिका लागि महानगरको तर्फबाट राष्ट्रिय सभागृह र पार्टीको तर्फबाट पशुपतिमा राखिएको थियो । राष्ट्रियसभा गृहमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए भने पशुपतिमा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको झण्डा ओढाएका थिए । वडाध्यक्ष रिजालको पार्थिव शरीरमा उनका छोरा सन्देश र सार्थक रिजालले दागबत्ति दिएका थिए ।
काठमाडौं महानगरपालिकामा शोक बिदा
काठमाडौंं महानगरपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ । बिहीबार महानगरपालिका वडा नं १६ का वडाध्यक्ष रिजालको निधन भएपछि महानगरले शोक बिदा दिएको हो ।
क्याटेगोरी : पालिका समाचार, महानगर, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया