एलोप्याथिक र आयुर्वेदिकको मिश्रणसहित निर्भाना फिजियोथेरापी सुरु
प्राकृतिक र आधुनिक पद्धतिले उपचार गर्ने पद्धतिसहित निर्भाना फिजियोथेरापी एन्ड वेलनेस सेन्टर सञ्चालनमा आएको छ । सहरी जीवनमा बढ्दो व्यस्तताले शारीरिक तथा मानसिक दबाब महसुस गर्नेका लागि चिकित्सकीय मान्यताप्राप्त यो वेलनेस सेन्टरमा अनुभवी र अनुमतिपत्र प्राप्त विशेषज्ञ जनशक्तिबाट सेवा प्रदान गरिने सञ्चालक रजुल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्ने नीतिअनुसार चिकित्सकको सल्लाह, सुझाव र प्रत्यक्ष निगरानीमा वेलनेस सेवा सञ्चालनमा ल्याइएको छ । ‘शारीरिक तथा मानसिक दुवै स्वास्थ्यको ख्याल गर्दै आधुनिक र प्राकृतिक चिकित्सा विधिको सम्मिश्रणको अवधारणामा सेवा प्रदान गर्ने लक्ष्यसहित हामीले निर्भाना फिजियोथेरापी एन्ड वेलनेस सेन्टर सञ्चालनमा ल्याएका हौँ,’ उनले भने, ‘विशेषज्ञ चिकित्सकले समेत हाम्रो उपचार पद्धतिलाई सिफारिस गरी प्रोत्साहन गरिदिएकाले हामी थप उत्साहित छौं ।’ काठमाडौंको लाजिम्पाटमा सञ्चालनमा आएको यो वेलनेस सेन्टरको नेपालका लागि मलेसियाली दूतावासका चार्ज डे अफेयर्स मोहम्मद फिर्दोस अजमानले उद्घाटन गरेका थिए । कार्यक्रममा मलेसियाली दूतावासका चार्ज डे अफेयर्स मोहम्मद फिर्दोस अजमानले संसारभर पछिल्लो समय व्यस्त जीवनशैलीका कारण मानिसमा मानसिक र शारीरिक समस्या देखिएकाले यसको उपचारका लागि पूर्वीय र पश्चिमा उपचार पद्धतिको सम्मिश्रण जरुरी रहेको बताए ।
हाडजोर्नी विशेषज्ञ प्राडा बुलन्द थापा र न्युरोलोजिस्ट डा रवीन्द्र श्रेष्ठले दुर्घटनापछि प्रारम्भिक उपचार अस्पतालले गर्ने भए पनि मानिसलाई सामाजिक जीवनमा फर्काउन फिजियोथेरापीको ठूलो महत्व हुने भन्दै निर्भानाजस्तै वेलनेस सेन्टरको मुलुकलाई आवश्यकता रहेको बताए । निर्भानाले नेपालमा एलोप्याथिक र आयुर्वेदिक थेरापीको अनुपम मिश्रण प्रदान गर्दै योगिक र अस्टियोप्याथिक सिद्धान्तलाई एकीकृत गर्ने उपचार उपलब्ध गराउँदै आएको छ । जहाँ परम्परागत र आधुनिक उपचारहरू निर्बाधरूपमा एकीकृत गरिएको उल्लेख छ । उपचार प्रक्रियाको लागि शान्त र शान्तिमय वातावरण सिर्जना गर्न अत्याधुनिक सुविधासहित डिजाइन गरिएको सञ्चालक श्रेष्ठ बताउँछन् ।सेन्टरका अपरेसन तथा मार्केटिङ विभाग प्रमुख स्वर्णीम सुवालका अनुसार निर्भानाले न्यूनतम शुल्कमा सेवा प्रदान गर्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया