सैलुङको पर्यटन प्रवद्र्धन गर्न ‘वाइल्ड स्टे विथ चौँरी’ आयोजना
स्पार्क कारले ओझेलमा परेको पर्यटकीय क्षेत्र सैलुङको पर्यटन प्रवद्र्धन गर्न ‘वाइल्ड स्टे विथ चौँरी’ आयोजना गर्ने भएको छ । प्रचुर सम्भावना भएर पनि पर्यटकीय दृष्टिमा प्रचारप्रसार नभएको सैलुङमा स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३अन्तर्गत ‘वाइल्ड स्टे विथ चौँरी’ आयोजना गर्न लागेको हो ।गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको शिकार गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको सैलुङ र त्यहाँको चौँरीगोठलाई केन्द्रित गर्दै आयोजना गरिएको कार्यक्रम संयोजक अमरदीप भट्टरार्ईले जानकारी दिए । असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा सेलिब्रेटी, प्रशासनिक एवम्् सुरक्षा निकायका अधिकारी सहभागी हुने संयोजक भट्टराईले जानकारी दिए । कार्यक्रममा क्याप्टेन विजय लामा, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भन्डारी, कलाकार निखिल उप्रेती, सन्दर्भ दिप क्षेत्री, दिलिप रायमाझी, गायक यश कुमार, गरिमा शर्मा तथा लेखक बुद्धिसागर, ट्राभलर सिर्जना सिज्जुलगायतको उपस्थिति रहने भट्टराइले जानकारी दिए ।
कार्यक्रममा अनुसार असोज ११ गते बिहान काठमाडौंदेखि सैलुङको यात्रा सुरू हुनेछ । असोज १२ गते चौँरीगोठ र सैलुङलाई ’एक्सप्लोर’ गर्ने आयोजकले जनाएको छ । सोही दिन साँझ स्थानीय सांस्कृतिक कार्यक्रमसहित रैथाने खानामा रमाइनेछ । आन्तरिक पर्यटनको खोजी गर्ने, चौरीसँग जंगलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तब्यहरू पत्ता लगाउने इच्छा भएका सहभागीले कार्यक्रममा सहभागी हुन पाउनेछन् । हिमालयको ‘पानारोमा भ्यु’, लेकाली फूल र उच्च पहाडी इलाकाको अविश्वसनीय दृश्यको अनुभव गर्न सहभागी हुनुपर्ने भट्टराई बताउँछन् । कार्यक्रममा सहभागी हुन दर्ता शुल्क ३० हजार रुपैयाँ रहेको छ । वर्षौँदेखि ओझेलमा परेका वा विदेश भ्रमणका कारण पहिलो रोजाइमा नपरेका आन्तरिक गन्तव्यको खोजी गर्न स्पार्क एड्भेन्चरलाई भविष्यमा पनि निरन्तरता दिइने संयोजक भट्टराईको भनाइ छ ।
साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभर ड्राइभरसहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ । बीवाईडी र स्पार्क कारको सहकार्यमा साउथ एसियामा सबैभन्दा बढी विद्युतीय गाडी परिचालन गर्ने संस्थाको रूपमा स्पार्क कार रहेको भट्टराईले बताए । स्पार्क कारले हरित वातावरण बनाउन सहयोग गर्ने सन् २०३५ सम्ममा संस्थालाई आवश्यक सबै सवारी साधन विद्युतीय मात्रै प्रयोग गर्ने लक्ष्य राखेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया