प्राविधिक उत्पादनको थलो जिरी प्राविधिक शिक्षालयमा ५० प्रतिशत विद्यार्थी घटे
दोलखा,पछिल्ला वर्षहरुमा दोलखामा प्राविधिक अध्ययन गर्ने विद्यार्थीको संख्या निरन्तर घट्दै गएको पाइएको छ् । देशकै पुरानो दोलखाको जिरीमा अबस्थित जिरी प्राविधिक शिक्षालयमा यस पटक पनि विद्यार्थी न्युन रहेकोे पाइएको छ् । जिरी प्रविधिक शिक्षालय देशकै पुरानो प्रविधिक शिक्षालय हो । यहाँ प्राविधिक धारतर्फ डिप्लोमा तथा प्री( डिप्लोमा तर्फ अध्ययन हुँदै आएको छ् । केहि वर्ष अघिसम्म खचाखच हुने शिक्षालयका कक्षाकोठा पछिल्ला वर्ष हरुमा खाली हुँदै गएको पाइएको छ् । यस् वर्ष पनि यस शिक्षालयमा प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको संख्या ५० प्रतिशतले घटेको शिक्षालय जनाएको छ ।
शिक्षालयका अनुसार डिप्लोमा तर्फको फार्मेसी बाहेकका सबै कोटामा विद्यार्थीको संख्या न्युन रहेको जिरी प्राविधिक शिक्षालयमा कार्यरत कुमार अधिकारीले बताए । अघिल्लो वर्ष केहि संतोषजनक विद्यार्थी भर्ना भए पनि यस वर्ष भने ४० जना विद्यार्थी भर्ना लिने वालि विज्ञान,भेटेनरी विज्ञान तथा सिभिल इन्जिनियरिङ तर्फका कोटामा ५र७ जना विद्यार्थी मात्रै भर्ना भएको उनले सुनाए । तल्लो तहमा मात्रै हैन शिक्षालयका माथिल्लो डिप्लोमा तर्फ पनि विद्यार्थीको सहभागिता न्युन रहेको बताए ।
यता कृषि प्राविधिक उत्पादन गर्ने उदेश्यले जिल्लाका चार वटा माध्यमिक विद्यालयमा खुलेको बाली विज्ञान प्राविधिक धार सञ्चालनमा पनि सङकट देखिएको छ ।सम्बन्धित निकायको खासै चासो नहुनु, विद्यार्थी भर्ना न्यून र अन्य आय स्रोत नहुँदा बाली विज्ञान प्राविधिक धार सञ्चालनमा सङकट आएको बताइएको छ ।लापिलाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक खडकाले यो प्राविधिक धार गत तीन वर्षअघि गाउँपालिकाको पहलमा सिटिभिटिईबाट स्वीकृत भई सञ्चालनमा ल्याएका थिए।सुरुको वर्ष कोटा ४० मध्ये २५ जना भर्ना भई अध्ययन गरेर उत्तीर्ण भई गइसकेका छन् । दोश्रो वर्ष ११ जना मात्र भर्ना भएर अध्ययनरत छन् । तेश्रो वर्ष छ जना मात्र आए । यो वर्ष भर्नामा शून्य भएको छ । यसमा स्थानीय भर्ना हुँदैनन् । हुम्ला, जुम्ला, सिन्धुपाल्चोक,भक्तपुर, सर्लाहीलगायतबाट आउने गरेका विद्यार्थी यसपालि नआएपछि भर्नामा शून्य भएको हो ।
छात्राका लागि होस्टेल निशुल्क उपलब्ध छ । छात्रका लागि पनि यहीँ नजिकै सुलभ भाडामा बस्ने व्यवस्था मिलाइएको भए पनि विद्यार्थी भर्ना हुन नआएपछि यो धारको पठनपाठन बन्द नै भएको उनले बताए ।जिल्लाको तामाकोसी गाउँपालिकाको गोल्मेश्वर र भीमेश्वर नगरपालिकाको सुस्पा क्षमाती माध्यमिक विद्यालयमा पनि भर्ना शून्य भएको छ । शैलुङ गाउापालिकाको शारदा माध्यमिक विद्यालयमा निःशुल्क भएकाले २२ जना मात्र भर्ना भएका छन् । ४० को कोटामा २१ जना नभए सिटिइभिटीबाट पाउने अनुदान नपाउने व्यवस्था रहेको विद्यालयका प्रधानाध्यापक मानबहादुर तमाङले बताए ।
सिटिइभिटीकै तीन दरबन्दी रहेको भीमेश्वर नगरपालिका–४ जिलुको सर्ब माध्यमिक विद्यालयले पनि विद्यार्थी टिकाउन निःशुल्क गरेको छ । यस विद्यालयमा पनि विद्यार्थी न्यून रहेका छन् । यता प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीले भने प्राविधिक पढेर पनि रोजगार पाउन नसक्दा प्राविधिक पढ्न विद्यार्थीको रुचि घट्दै गएको बताउँन थालेका छन् । ३र४ वर्ष लगाएर पढ्दा समेत स्वदेशमा रोजगार नपाएर विदेशनै जानुपर्ने बाध्यता रहेकाले प्राविधिक तर्फ विद्यार्थीको रुचि घट्नु मुख्य कारण भएको विद्यार्थीहरु बताउँछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया