Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराहत शिक्षकको आन्दोलनमा प्रहरीको हस्तक्षेप

राहत शिक्षकको आन्दोलनमा प्रहरीको हस्तक्षेप


काठमाडौं,बिभिन्न मागहरु राखि आन्दोलनमा उत्रिएका राहत शिक्षमाथि प्रहरीले हस्तक्षेप गरेको छ । निशेधित क्षेत्र क्रस गर्ने अबस्था सिर्जना हुने देखेपछि प्रहरीले बल प्रयोग गरी लछरपछार र लठ्ठी प्रहार गरेको हो । उनीहरुले माइतीघर मण्डलामा भेला भएर नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा विरोध प्रदर्शन गरेका थिए ।

विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै उनीहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । साथै उनीहरुले शिक्षक महासंघले पनि धोका दिएको बताएका छन् । राहत शिक्षकहरुले आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । शिक्षकहरुको प्रदर्शनले गर्दा माइतीघर नयाँबानेश्वर सडकखण्डमा सवारी आवागमन समेत प्रभावित हुने गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया