Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने सरकारको निर्णय

पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने सरकारको निर्णय


काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने नेपाल सरकारले निर्णय गरेको छ । हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

आइतबार नेपाल आयल निगम संचालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले बताए । पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गरिने उनको भनाइ थियो ।

शनिबार नेपाल आयल निगमले पेट्रोलको, डिजेल, मट्टितेल तथा हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि निगमले विज्ञप्तिमार्फत बढाउने निर्णय भएको जानकारी दिएको थियो ।

सरकारको राजनैतिक नेतृत्वसँग परामर्श नगरि निर्णय गरेको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’ निगमसँग रुष्ट भए्का थिए । उनले त्यसपछि मन्त्रिपरिषद्‍को बैठक बोलाएर यसबारे निर्णय गरेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया