Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारभूकम्पका कारण बझाङमा ३ दिन विद्यालय बन्द

भूकम्पका कारण बझाङमा ३ दिन विद्यालय बन्द


बझाङ । मंगलबार बझाङ केन्द्र बिन्दु भएर गएको भूकम्पका कारण जनजीवन प्रभावित भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि सर्वसाधारण चौरमा पाल टागेर बस्दै आएका छन् । भूकम्पपछि बझाङमा अधिकांश विद्यालयका संरचना भत्किएपछि जिल्लामा पठनपाठन प्रभावित भइ यहाँका विद्यालय बन्द गरिएका छन् ।

भूकम्पका कारण यहाँ अध्ययनरत ७१ हजार ६८ जना बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको जिल्ला शिक्षा समन्वय इकाइ बझाङका प्रमुख सुरेन्द्र कठायतले बताए । जिल्ला विपत व्यवस्थापन समिति बझाङले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश, समाचार

तपाईको प्रतिक्रिया