Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअझै पनि राजनीतिक दलहरूमा राणा शासन कायमै : सभापति रवी

अझै पनि राजनीतिक दलहरूमा राणा शासन कायमै : सभापति रवी


काठमाडौँ । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली सङ्घले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरूमा अझै पनि राणा शासन कायमै रहेको बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चिनजान भएपछि चिट्ठा पर्ने गरेको टिप्पणी गरे । उनले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरू छानिने परम्परा कायमै रहेको बताए ।

सभापति लामिछानेले गैर आवासीय नेपाली सङ्घको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट कसैलाई समर्थन नहुने स्पष्ट पार्दै उनले इजरायलस्थित नेपाली दूतावासले गैर आवासीय नेपालीहरूले जति पनि काम गर्न नसकेको आरोप लगाए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया