दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका–३ पात्लेमा कृषि उपज संकलन केन्द्रका लागि भवन निर्माण हुने भएको छ । कालीढुङ्गा कृषि सहकारी संस्था मातहत सञ्चालन हुनेगरी सो केन्द्र निर्माण गर्न लागिएको हो ।
केन्द्रको भवन निर्माणका लागि बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले शिलान्यास गरेका छन् । स्थानीय कृषकको उत्पादनलाई लक्षित गरी संकलन केन्द्र भवन निर्माण गर्न लागिएको उनले बताए । यस्तै, उनले केन्द्र सञ्चालनको जिम्मा लिएको कालीढुङ्गा कृषि सहकारी संस्थाले व्यावसायिक कृषिमा लागेका किसानको पहिचान गरी लगानी गर्नुपर्ने बताए । यस्तै, पालिकाले पनि स्थानीय सहकारीसँग समन्वय गरेर वैदेशिक रोजगार जाने विद्यार्थी बढ्दो संख्यालाई रोकेर पालिकामै रोजगार सिर्जना गर्ने योजना बनाएको बताए ।
त्यस्तै, उनले बैतेश्वर गाउँपालिका व्यावसायिक कृषिको लागि उर्वरभूमि भएकाले पालिकाले पनि कृषिलाई प्राथमिकता दिएर काम गर्ने बताए । सो भवन निर्माणका लागि बागमती प्रदेश सरकारले १५ लाख बजेट विनियोजन गरेको छ । कालीढुङ्गा कृषि सहकारीको कुल पुँजी एक करोड ५२ लाख ९३ हजार सात सय २७ रुपैयाँ रहेको छ । यस संस्थाको सेयर पुँजी १४ लाख ८१ हजार चार सय पुगेको छ भने जगेडा कोष नौ लाख ४५ हजार सात सय र ऋण सुरक्षण कोष दुई लाख ३५ हजार रुपैयाँ रहेको छ ।
क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया