Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसोलुखुम्बुमा १७१ मेगावाटको हाइड्रोपावर बन्ने

सोलुखुम्बुमा १७१ मेगावाटको हाइड्रोपावर बन्ने


सोलुखुम्बु । निजी लगानीमा जिल्लामा एक सय ७१ मेगावाट क्षमताको दूधकोसी–६ जलविद्युत् आयोजना बन्ने भएको छ । नदी प्रवाही (आरओआर) सो आयोजना सगरमाथा हाइड्रोपावर कम्पनीले बनाउन लागेको हो ।

सरकारले सो कम्पनीलाई विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले छिट्टै विद्युत् उत्पादनको लाइसेन्स दिने कम्पनीले जनाएको छ । आयोजनाबाट २०८४ मंसिरदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य निर्माण कम्पनीको रहेको छ । कम्पनीले गरेको सम्भाव्यता अध्ययनअनुसार सो आयोजना बनाउन २९ अर्ब ६१ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । निर्माणका क्रममा आयोजनाको लागत केही कम हुने सम्भावना समेत रहेको छ । आयोजना बनाउन प्रतिमेगावाट १७ करोड रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ ।

आयोजनाको डिजाइन बहाव ५१ दशमलव ७५ घनमिटर प्रतिसेकेन्ड रहेको छ । यस्तै, हेड तीन सय ७६ मिटर अग्लो हुनेछ । आयोजनाबाट वार्षिक ९८ करोड ३९ लाख ३४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजनाको सबै संरचना दूधकोसी नदीको दायाँ किनारामा बनाउन प्रस्ताव गरिएको छ । पानी फर्काउने बाँधको लम्बाइ ३५.५ मिटर हुने कम्पनीले जनाएको छ । विद्युतगृह भुमिगत हुने भएको छ । विद्युतगृहमा ५८ मेगावाटका ३ वटा टवाईन जडान गरिने कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली २२० केभी प्रसारण लाइनबाट ६० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको न्यू खिम्ती सबस्टेशनमा जोडिने कम्पनीको भनाई छ ।

कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको पासङ्ग ल्हामु गाउँपालिका भएर बग्ने दुधकोसी नदीको पानी उपयोग गरि विद्युत उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । यस्तै दुधकोसीमा नेपाल विद्युत प्राधिकरणले सवा २ खर्ब रुपैयाँ लगानीमा ६ सय ३५ मेगावाटको दुधकोसी जलासय बनाउन लागेको छ । पानी फर्काउने बाँधको लम्बाइ ३५.५ मिटर हुने कम्पनीले जनाएको छ । विद्युतगृह भुमिगत हुने भएको छ । विद्युतगृहमा ५८ मेगावाटका ३ वटा टवाईन जडान गरिने कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली २२० केभी प्रसारण लाइनबाट ६० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको न्यू खिम्ती सबस्टेशनमा जोडिने कम्पनीको भनाई छ ।

कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको पासङ्ग ल्हामु गाउँपालिका भएर बग्ने दुधकोसी नदीको पानी उपयोग गरि विद्युत उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । यस्तै दुधकोसीमा नेपाल विद्युत प्राधिकरणले सवा २ खर्ब रुपैयाँ लगानीमा ६ सय ३५ मेगावाटको दुधकोसी जलासय बनाउन लागेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया