Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशकास्कीमा एमालेको सङ्कल्प यात्राको आठौँ दिन

कास्कीमा एमालेको सङ्कल्प यात्राको आठौँ दिन


गण्डकी । यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको नेकपा (एमाले)को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली बिहीबार कास्की आइपुग्ने भएको छ । उक्त सङ्कल्प यात्रा अन्तर्गत कास्कीमा दुई दिनसम्म विविध कार्यक्रम तय गरिएको मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई बिहीबार दिउँसो कास्की र पर्वतको सीमास्थल नयाँपुलमा स्वागत गरिने एमाले जिल्ला किमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताएका छन् ।

अध्यक्ष गुरुङले सोही दिन कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा र पोखरा महानगरपालिकाको हेम्जामा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको जानकारी दिए । शुक्रबार बिहान पोखराको अमरसिँहचोक, तालचोक र रुपा गाउँपालिकाको तालबेंसीमा स्वागत कार्यक्रम हुने उनले बताए ।

सङ्कल्प यात्रामा सहभागी टोलीलाई कास्कीमा एमाले स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इञ्चार्ज थममाया थापासहित नेता, कार्यकर्ताले स्वागत गर्ने एमालेले जनाएको छ । सङ्कल्प यात्राका क्रममा नागरिकका अनुभूति, सुझाव र गुनासा सङ्कलन गरिएका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार

तपाईको प्रतिक्रिया