Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलेबल उल्लेख नगरेको कसुरमा डेरी उद्योगलाई तीन लाख जरिवाना

लेबल उल्लेख नगरेको कसुरमा डेरी उद्योगलाई तीन लाख जरिवाना


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले दुग्ध पदार्थमा लेबल उल्लेख नगरेको कसुरमा सोमबार भक्तपुरको एक डेरी उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । अनुगमन टोलीले उक्त डेरीले पुरानो दूधलाई पुनः नयाँ प्याकिङ गरेर बजारमा पठाउन लागेको अवस्थामा फेला पारेको थियो ।

अत्यावश्यक पेय पदार्थ दूधमा अनिवार्य रुपमा उत्पादन, उपभोग्य र वस्तुको परिमाण र गुणस्तरसहितको लेबल उल्लेख गरिनुपर्ने उपभोक्ता संरक्षण ऐनले जनाएको छ । तर उक्त डेरीले सो नियम पालना नगरेको भन्दै विभागले लेबलबिनाकै बजार पठाउन लागिएको त्यस्तो दूधलाई नष्ट गरिएको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया