Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसञ्चालकले सेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउनुपर्ने माग

सञ्चालकले सेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउनुपर्ने माग


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सञ्चालकहरूको स्वामित्वमा भएको सेयर सञ्चालक पदमा बहाल रहेकै बखत ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गर्न माग गरेको छ । चेम्बरले कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा रहेकै बेला सेयर बेच्न पाउने व्यवस्था गर्न माग गरेको हो ।

धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने’ व्यवस्था अव्यावहारिक भएको चेम्बरको भनाइ छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले मंगलबार अर्थसचिव कृष्णहरि पुष्करलाई भेटी धितोपत्र बोर्डबाट जारी भएको निर्देशिकाप्रति ध्यानकर्षण भएको जनाएको हो ।

कुनै व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरणलगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष राजेन्द्र मल्लले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया