Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतनहुँमा बस दुर्घटना, १६ जना घाइते

तनहुँमा बस दुर्घटना, १६ जना घाइते


पोखरा । तनहुँमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । आज(शुक्रबार) दिउँसो १२ः३० बजे व्यास नगरपालिका वडा नं.१० स्थित परेवाडाँडामा बस पल्टिँदा १६ जना घाइते भएका हुन् ।

दमौलीबाट लमजुङ कुन्छातर्फ जाँदै गरेको ना६ख ५४७९ नम्बरको दमौली–भोर्लेटार भित्री सडक खण्डमा दुर्घटना भएको हो । बस अनियन्त्रित भइ सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलीकुमार हुमागाइँले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकामध्ये दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार पश्चात् १४ जना घर फर्किएको र दुई जनाको उपचार भइरहेको इन्स्पेक्टर हुमागाइँले बताए । उनीहरुको अवस्था मध्यम रहेको छ । उनका अनुसार बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया